
काठमाडौं, २ असोज । कोभिड १९ को महामारीले प्रभाव पारिरहेको बेलामा नबिल बैकले सँगै अघि बढ्ने उद्देश्यसहित धेरैलाई खुशी पार्नका लागि विभिन्न आकर्षक योजनाहरु ल्याएको बताएको छ ।
बैंकले प्रकाशमा ल्याएको चाडपर्व योजनामा भनेको छ, धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा आकर्षक योजना शुरू गरिएको उल्लेख छ ।
मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने बताएको छ । कर्जाको हकमा सोको लागत घटाउने हुनाले याे योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउने बैंकले आशा गरेको छ ।
योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९% ब्याजदर प्रदान गरिने भएको छ । १ वर्ष सम्मको मुद्दती खातामा ८.५% ब्याजदर प्रदान गर्ने, २ वर्ष भन्दा माथि र ५ वर्ष सम्म व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५% ब्याजदर र ५ वर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५०% ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।
बैंकले कर्जा अन्तर्गत विभिन्न ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय गरेको जनाएको छ । घर कर्जामा ७.४९%, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९%, साना तथा मझौला कर्जामा रु एक करोड सम्मको कर्जामा ७.४९% र रु एक करोड भन्दा माथिको कर्जामा ७.९९% कर्जा प्रदान गर्ने बताएको छ । यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगरिने भएको छ ।
सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको नबिल बैंकका देशभर ११९ शाखा, १८५ एटिएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका सूचना अधिकारी कृष्ण सुवेदीले जानकारी दिएका छन् ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



