एलपी ग्यास उद्योग संघले खाली सिलिण्डरको नयाँ मूल्य तोक्यो

-



     सफल आवाज    
     असाेज २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ असोज । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य रु दुई हजार एक सय तोकिएको हो । ‘यसअघि नयाँ सिलिण्डरसहितको ग्याँस खरिद गर्दा उपभोक्ताले चार हजार ५०० रुपैयाँसम्म तिरेको गुनासो आएको थियो अब उपभोक्ता ठगिन पाउँदैनन्,’ अध्यक्ष भण्डारीले भने ।

सिलिण्डरको फ्याक्ट्री लागत एक हजार ९५० रुपैयाँ, ढुवानी ५० रुपैयाँ र कर १०० गरेर दुई हजार १०० सय धरौटी तोकिएको भण्डारीको भनाइ छ ।