सुनको मूल्य वृद्धि

-



     सफल आवाज    
     असाेज २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ असोज । आज सुनको मूल्यमा ४ सय रुपैयाँ वृद्धि भएर ९७ हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ बढेर ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएको छ ।