
काठमाडौं, ३असोज। एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल प्रबल जनसेवा श्री चतुर्थ पदकबाट विभूषित हुने भएका छन । संविधान दिवस २०७७ को अवसरमा आज सम्माननीय राष्ट्रपतिबाट बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई “प्रबल जनसेवा श्री चतुर्थ” द्वारा विभूषित गर्ने घोषणा गरिएकाे हाे ।
बैंकका अध्यक्ष तुलसीराम अग्रवालले पाउनु भएकाे याे उच्च सम्मानले एनआईसी एशिया बैंककाे गरिमा र विश्वासलाई थप उचाइमा पुर्याएकाे बैंक व्यवस्थापनले महसुस गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत राेशनकुमार न्याैपानेले सफल आवाजलाई बताए ।
विशाल ग्रुपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रबाट राष्ट्रको सर्वाङ्गीण विकासमा उल्लेखनीय टेवा पुर्याउदै आएकाे बताइएकाे छ ।
अग्रवाल मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिका रूपमा चिनिन्छन । अग्रवालले भिजि फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएकाे बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएकाे छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



