कोरोनाबाट थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थप

-



     सफल आवाज    
     असाेज ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ असोज । नेपालमा पछिल्लो समय १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा १६ जनाको कोरोनाका कारण ज्यान गएको जनाएका हुन् ।

जसमा सुनसरी जिल्लाका ४९, झापामा ७२, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

काठमाडौंमा ५८ र ७३ वर्षीय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुष, मकवानपुरमा १७, ललितपुरमा ५८ र दोलखामा ५२ वर्षीया महिलाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।

सोमबार थप १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा साढे ९ हजार पीसीआर परीक्षण गरिएको हो । सोमबार संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ५ रहेको छ । कुल निको हुनेको संख्या ४७ हजार २ सय ३८ रहेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ पुगेको छ ।