
काठमाडौं, ६ असोज । प्रेस काउन्सिल नेपालले ५१औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बार्षिकोत्सवका अवसरमा देशभरबाट २६ जना पत्रकार र संस्थाहरु सम्मानित भएका छन । प्राप्त समाचार अनुसार यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरिएकाे छ । काउन्सिलको ५१औँ वार्षिकोत्सव समारोहका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएकाे हो । पुरस्कारको राशि रु एक लाख ५१ हजार छ ।
यस्तै प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमले पाएकाे छ । राष्ट्रपति भण्डारीले सेतोपाटी डटकमका सम्पादक अमित ढकाललाई पुरस्कार प्रदान गरिन। पुरस्कारको राशि र ५० हजार छ । पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोषले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गरियाे । पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ ।
कोभिडका कारण दुई पुरस्कार मात्र राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा प्रदान गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए । काउन्सिलले घोषणा गरेका अन्य पुरस्कार भने सञ्चारग्राममा आज आयोजित कार्यक्रममा सभामुख अग्नी सापकाेटाले बितरण गरेका थिए ।

यस बर्षकाे प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका पत्रकार अर्जुन बोहोराले पाएका छन । प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार सात जना पत्रकारले पाएका छन । यो पुरस्कार पाउने मध्येका दीपेन्द्र श्रेष्ठ पत्रकार महासंघ कास्कीका अध्यक्ष हुन । प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १४ जना पत्रकारले पाएका छन।
साथै प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार प्रज्ञापन त्रैमासिकले र भाषागत पत्रकारिता पुरस्कार गणेश राईलाई प्रदान गरिएको छ । सो अवसरमा प्रेस काउन्सिलका उत्कृष्ट कर्मचारीहरु पनि पुरस्कृत भएका थिए । सम्मानित सबैलाई प्रमुख अतिथी सभामुख अग्नीप्रसाद सापकोटा र प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले नगद र सम्मानपत्रले सम्मान गरेका थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



