गण्डकीमा कुल संक्रमित ३५२३ पुग्यो, २४ घण्टामा ४४ थप

-



     सफल आवाज    
     असाेज ६ गते २०७७ मा प्रकाशित



पोखरा, ६ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय २३ पुगेको छ । मंगलबारमात्रै ४४ संक्रमित थपिएका हुन् । तीमध्ये पोखराका १९ जना छन् ।

पोखरा वडा ७ स्थित प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरी (पुरुष) छन् भने वडा १४ का ५८ वर्षीय पुरुष, २८ र ५० वर्षीया महिला, वडा ३ का ३० र ४५ वर्षीय पुरुषमा पनि संक्रमण देखा परेको छ ।

यस्तै, पोखरा वडा ९ का २४ वर्षीय पुरुष, १३ का १९ वर्षीय पुरुष, १२ का २७ वर्षीय पुरुष, ५८ वर्षीया महिला, ७ का ३७ वर्षीय पुरुष, ८ का ३२ वर्षीय पुरुष, ४ की ७१ वर्षीया महिला, ५ का ३८ वर्षीय पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ९ जना छन् । लमजुङमा ६, तनहुँमा ६, पर्वतमा ३ र बाग्लुङमा १ जनामा पनि संक्रमण देखिएको छ ।

प्रदेशमा कुल संक्रमितमध्ये २ हजार २ सय ६८ जना निको भएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।