समृद्धि फाइनान्सले २ सय प्रतिशत हकप्रद दिने, भदौं ११ गतेसम्म कायम सेयरधनीले पाउने

-



     सफल आवाज    
     असाेज ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ असोज । समृद्धि फाइनान्सको २ सय प्रतिशत हकप्रद सेयर असोज १६ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । भदौ ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको बीओके क्यापिटल मार्केटले गर्नेछ ।

बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालयबाट आवेदन सकिनेछ । त्यसैगरी, बैंक अफ काठमान्डूको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।