
काठमाडौं, ८ असोज । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले नबिकेकाे हकप्रद शेयर लिलामी गर्ने भएकाे छ । यस अघि वितरण हुन नसकेको हकप्रद शेयर असोज १३ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको हाे । कम्पनीले सर्वसाधारण तर्फको ३ लाख ३ हजार ५६५ कित्ता र संस्थापक तर्फको २ लाख ५२ हजार ४४९ कित्ता गरी कुल ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । यी शेयर यस अघि असार १४ गतेदेखि साउन ४ गतेसम्म विक्री खुला हुँदा वितरण हुन नसकेका हुन ।
यो शेयरको न्यूनतम मूल्य रू १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनुपर्नेछ । एकै ब्याक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि भिन्दा भिन्दै शिलबन्दी खामभित्र आवेदन गर्नुपर्ने बताइएकाे छ ।
बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यस शेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन असोज १९ गते रहेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएकाे छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



