शनिबारदेखि खानीडाँडा र थामखर्कमा नियमित उडान हुने

-



     सफल आवाज    
     असाेज ८ गते २०७७ मा प्रकाशित



खोटाङ, ८ असोज । ६ महिनादेखि बन्द खोटाङका तीन विमानस्थलहरूमध्ये दुईमा नियमित उडान हुने भएको छ । बन्दाबन्दी हटेसँगै नेपाल वायु सेवा निगमको जहाजले मनमायाँ राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान गर्ने भएको हो ।

खानीडाँडा विमानस्थलमा बुधबार, शनिबार र थामखर्क विमानस्थमा बुधबार उडान हुने नेपाल वायु सेवा निगमले तालिका बनाएकाे छ । खानीडाँडा–काठमाडौँका लागि एकतर्फी भाडा प्रति व्यक्ति रु चार हजार ७४० ताेकिएकाे विमानस्थल प्रमुख नवराज कटवालले बताएका छन । थामखर्क विमानस्थलका लागि एकतर्फी भाडा प्रति व्यक्ति रु चार हजार ३८५ रहेकाे छ ।

नियमित उडान हुन लागेकाले विमाननस्थलले सूचना प्रकाशित गरी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन आग्रह गरेको छ । तर, सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलमा तत्काल उडान नहुने बताइएकाे छ ।