समस्याग्रस्तबाट फुकुवा भएको नारायणी बैंकले बोलायो एजीएम, मर्जरमा जाने तयारी

-



     सफल आवाज    
     असाेज ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ असोज । समस्याग्रस्तबाट फुकवा भएको नारायणी डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । समस्याग्रस्त बैंकको रुपमा रहेको नारायणीलाई नयाँ व्यवस्थापनसहित नेपाल राष्ट्र बैंकले केहि समय अघि फुकुवा गरेको थियो । फुकुवा भएपछि बैंकले अहिले व्यवसायिक कारोबार गरिरहेको छ ।

बैंकले केहि महत्वपूर्ण प्रस्तावहरु पारित गर्न साधारणसभा समेत बोलाएको छ । साधारणसभाबाट हकप्रद शेयर निश्काशन गर्ने तथा मर्जरमा जाने निर्णय गर्ने तयारी बैंकको छ ।

बैंकले प्रस्तावहरु पारित गराउनका लागि असोज १६ गते साधारण सभा बोलाएको छ । बैंकले अघिल्लो १६ औं र १७ औं साधारण सभाबाट पारित चुक्ता पूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँको १ बराबर १ हकप्रद जारी गरी १३ करोड १२ लाख ३३ हजार ८०० पुरर्याउने प्रस्तावलाई निरन्तरता दिने भएको छ ।

यसैगरी जिल्लास्तरीय विकास बैंकलाई राष्ट्र बैंकल तोकेको ५० करोड पूँजी पुरयाउन कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्नेगरी प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि साधारण सभामा रहेको छ ।