
मकवानपुर, ८ असोज । केहि दिनयता निरन्तर भईरहेको भारी वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह दुई मिटर बढेको देखिएकाे छ । कुलेखानी देशकै ठूलो कृत्रिम जलाशय पनि हो ।
जलाशय मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा पर्छ । कुलेखानीमा बितेको २४ घण्टामा दुई मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले बताएका छन् ।
आज बिहानसम्म जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२१ दशमलव २१ मिटर पुगेको छ । अघिल्लो दिन पानीको सतह एक हजार ५१९ दशमलव ४८ मिटर थियो ।
कुलेखानीमा वर्षाको समयमा पानी जम्मा गरेर हिउँदको समयमा विद्यत उत्पादन गर्ने गरिएको छ । कुलेखानी विद्युत आयोजना पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत उत्पादन हुने गरेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



