
भक्तपुर, ८ असोज । सरकारले गत जेठ २३ गतेदेखि विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १ र २ का नागरिक राख्न नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टर बन्द गराएको छ । कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा जेठ २३ गते पहिलो उडानका रुपमा म्यान्माली सेनाको जहाजबाट आएका नेपालीदेखि हालसम्म फर्किएका प्रदेश १ र २ का नागरिकलाई भक्तपुरका दुई होल्डिङ सेन्टरमा राखेर सम्बन्धित जिल्ला पठाउँदै आएको थियो ।
जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय अनुसार सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैटमा प्रदेश १ का नागरिकलाई र मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वैटमा प्रदेश २ का नागरिकलाई राख्ने तय भएपछि विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सेनाको नेतृत्वमा संयुक्त सुरक्षा टोलीले आवश्यक व्यवस्थापन गरेको थियो । होल्डिङ सेन्टरमा विदेशबाट फर्किएकालाई राखेर व्यक्तिगत विवरण सङ्कलन गर्ने, निःशुल्क स्तरीय खाना र पानी खुवाएर आराम गराउने, स्वास्थ्यावस्था बुझ्ने, स्वास्थ्य परामर्श एवं जाँचको व्यवस्था गर्ने, नेपाल टेलिकमको निःशुल्क सिमकार्ड वितरण गरेर सम्बन्धित जिल्ला फर्कने सवारी साधनको व्यवस्थापनपछि पठाउने गरिएको वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए ।
सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान गरी चार वटै सुरक्षा निकाय सेन्टरको सुरक्षा एवं व्यवस्थापनमा खटिएका थिए । भक्तपुर अस्पताल र सेनाका चिकित्सकसहितको स्वास्थ्य टोली, औषधि, एम्बुलेन्स, रेडक्रसको स्वयंसेवक परिचालन गरिएको थियो । सातवटै प्रदेशका मानिसलाई राख्न काठमाडौँ उपत्यकाका तीन जिल्लामा व्यवस्थापन गरिएको होल्डिङ सेन्टरमध्ये भक्तपुरका दुई वटै सेन्टरमा सफा र स्तरीय खाना खुवाइएको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको भनाइ छ ।
हालसम्म प्रदेश १ का १४ हजार ४९ र प्रदेश नं २ का १० हजार २४९ जना गरी कूल २४ हजार २९८ जनालाई सेन्टरमा राखेर पठाइएको कर्णेल पौडेलले जानकारी दिए । सेन्टरमा ग्रीन भिलेज हाउजिङ प्रालि र निक भुजीँ हाउजिङ प्रालिले उपलब्ध गराएको खाद्य सामग्रीबाट विदेशबाट फर्किएका १५ हजारभन्दा बढी नेपालीलाई नेपाली सेनाको टोलीले खाना पकाउने, खुवाउनेलगायत व्यवस्था गरेको थियो । त्यसबाहेक करीब तीन हजारलाई गैरसरकारी संस्था महासङ्घ भक्तपुरको संयोजनमा महासङ्घ केन्द्रीय कार्यालयले खाना खुवाउने व्यवस्था गरेको थियो । सूर्यविनायक नगरपालिकाले पनि निःशुल्क खानाका लागि सहयोग गरेको राससले लेखेकाे छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



