हेटौँडामा पाउडर दूध उद्योग स्थापनाकाे प्रक्रिया शुरु

-



     सफल आवाज    
     असाेज ८ गते २०७७ मा प्रकाशित



हेटौडा, ८ असोज । हेटौँडामा पाउडर दूध उत्पादनका लागि पाउडर दूध उद्योग निर्माण हुने भएको छ । दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमता भएकाे उद्योग स्थापना गर्नको लागि प्रक्रिया शुरु गरिएको हाे ।

बाग्मती प्रदेशकाे राजधानी रहेकाे हेटौंडामा उद्योग स्थापनाको लागि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले कार्ययोजना तयार पारेको छ । अनुमानित रु ४५ करोडको लागत लाग्ने उक्त उद्योगका लागि ठेक्का प्रक्रिया अगाडि बढाईएको छ । प्रदेश सरकारद्वारा गठन गरिएको वाग्मती प्रदेश दूध विकास बोर्डद्वारा उद्योग स्थापनाकाे काम भईरहेकाे छ ।

बोर्डका अधिकृत सत्रुधन शाहले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन भएको बताएका छन । उद्योग हेटौँडा उपमहानगरपालिका वडा नं १० को न्युरोनीमा स्थापना गर्न लागिएको हो । उद्योग दुई बिघा जमिनमा बनाउन लागेको शाहले बताए ।

हेटौंडामा दूधको खपतलाई बढाउन तथा किसानद्वारा उत्पादित दूधलाई सदुपयोग गर्न पाउडर दूध उद्योगको स्थापनाले दूध उत्पादक किसानलाई ठूलाे राहत मिल्ने भएको छ ।