
खोटाङ, ९ असोज । खोटाङको जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि किसान चिन्तित भएका छन । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको छ । बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका हुन ।
गत असारदेखि फैलिएको अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानका खोर नै रित्तिएको स्थानीयवासीले बताएका छन । खोरमा पालिएका नौँवटा बाख्रा मर्दा खोर नै रित्तिएको जन्तेढुङ्गा गाउँपालिका–५ खुटाकी रिता खत्रीले बताईन । मैले पालेको बाख्रामा असारदेखि रोग देखिएको हो । आज बिरामी भएको बाख्रा भोलि खोरमै मरिरहेको हुन्थ्यो, उनले भनिन, खोर नै रित्तो भएपछि पुनः चारवटा बाख्रा ल्याएर हालेको छु । बाख्रामा फैलिएको रोग नियन्त्रण गर्न हालसम्म गाउँपालिकाको तर्फबाट कुनै प्रयास नभएको किसानको गुनासो छ।
रोगको विषयमा हालसम्म कसैले पनि जानकारी नगराएको गाउँपालिकाका पशु शाखा संयोजक मनमायाँ योन्जनले बताए । अहिलेसम्म बाख्रामा देखिएको समस्याको बारेमा कसैबाट पनि जानकारी आएको छैन, उनले भने, जानकारी आएको खण्डमा तत्काल प्राविधिकलाई फिल्डमा पठाएर औषधि उपचार गरिनेछ ।
खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रामा समेत अज्ञात रोग देखा परेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर–१ लिकुवापोखरीका भविन कार्की र प्रेमकुमार राईको बाख्रा फर्ममा पालिएका बाख्रा धमाधम मर्ने क्रम जारी रहेको बताइएको छ ।
जिल्लाका किसानले पालेका बाख्रामा फैलिएको अज्ञात रोगका बारेमा अहिलेसम्म आफूसँग कुनै जानकारी नआएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका प्रमुख चन्द्रकिशोर यादवले बताए । पीडित किसानबाट अहिलेसम्म गुनासो आएको छैन, उनले भने, सम्बन्धित क्षेत्रमा खटिएका प्राविधिकसँग समन्वय गरेर किसानको समस्या हल गरिने राससले लेखेकाे छ ।
दश स्थानीय तह रहेको जिल्लाका विभिन्न ठाउँका किसानले पालेका बाख्रामा गत वर्ष पनि अज्ञात रोग फैलिएको थियो । जिल्लाका अधिकांश किसानले व्यावसायिक रुपमा बाख्रा पालन शुरु गरेका छन ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



