काँचाे किवी बिक्री गर्न थालेपछि अनुदान कटाैती गर्ने निर्णय

-



     सफल आवाज    
     असाेज ९ गते २०७७ मा प्रकाशित



इलाम, ९ असोज । किसानले काँचाे किवी टिपेर बिक्रीका लागि बजार लैजान थालेपछि किवीको गुणस्तरमा प्रश्न उठाउँदै अनुदान कटाैती गर्ने निर्णय भएकाे छ । काँचै टिपेर बजार लगेपिछ गुणस्तर नभएकाे किवी बजार पुगेको भन्दै किवीकाे सरोकार राख्नेहरूले आपत्ति पनि प्रकट गरेका छन । उनिहरूकाे वैठकले किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय गरेकाे बताइएकाे छ ।

कृषि ज्ञान केन्द्र, किवी जोन सञ्चालक समिति, उद्योग वाणिज्य सङ्घ, जिल्ला सहकारी सङ्घका प्रतिनिधिबीचकाे वैठकले काँचाे किवी बजारमा लैजाँदा बजार खस्किने भएकाेले बिक्रीलाई राेक्न यस्तो निर्णय गरेकाे हाे । साथै समय नहुँदै किवी टिप्ने किसानलाई राज्यबाट पाइने अनुदानका कार्यक्रममा पनि समावेश नगर्ने निर्णय भएकाे छ । यसअघि आठ जनाको अनुदान कटौती गरिएको स्मरण गराइएकाे छ ।

इलामकाे राँकेबजार, इलाम, फिक्कल हर्कटेलगायत बजारबाट किवी बिक्री भइरहेको पाइएको किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राईले बताएका छन । व्यवसायीले विर्तामोड, दमक, धरानदेखि काठमाडौँसम्म काँचाे किवी लगेकाे उनले बताए । कात्तिककाे अन्तिममा मात्रै खानलाई याेग्य हुने किवी भदौ मिहनाबाटै बजारमा गएकाे छ । बेला नहुँदै बजारमा निस्किएको काँचाे किवी स्वादिलो हुँदैन, उनले भने ।

किवीमा गुलियोपन आठ डिग्री ब्रिस्क भएपिछ मात्र टिप्नका लागि योग्य मानिन्छ । यसलाई गुम्स्याएर खान योग्य बनाउनु पर्छ। गुम्स्याएपछि १९ डिग्री ब्रिक्स गुलियोपन हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाले बताए ।