रिजाल र सिवाकोटीलाई रोटरी सुशासन पत्रकारिता पुरस्कार

-



     सफल आवाज    
     असाेज ९ गते २०७७ मा प्रकाशित



पोखरा, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको १० लाख राशिको असल शासनका लागि बासु रोटरी भोकेशनल अवार्डबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई प्रदान गरिने भएको छ ।

रोटरी वर्ष २०१९/२० का लागि स्वतन्त्र पत्रकारिता माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा रिजाल र शिवाकोटीलाई जनही ५ लाख रुपैयाँ दरले सो पुरस्कार प्रदान गरिने भएको डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले बताए ।
प्रत्येक २ वर्षमा प्रदान गरिने सो पुरस्कार इ. सुरेन्द्र गोविन्द जोशीले आफ्नो र श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गरेका हुन् । इ. जोशी रोटरी क्लब अफ यल (पाटन ललितपुर) का संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुन् ।

आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य, वातावरणबाट टीका बन्धन, शिक्षाबाट दीपेन्द्रप्रसाद सिंह, स्वास्थ्यबाट सम्झना महर्जन, महिला सञ्चारकर्मीबाट विनिता रिजाल, प्रदेशतर्फ वीनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बञ्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडौ, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम) कास्की, लक्ष्मी आचार्य (नयाँ युगवोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक) जाजरकोट र उन्नति चौधरी (कर्नीन्यूज डटकम) कैलाली छन् ।