पहिराेमा बेपत्ता पाँचै जनाको शव फेला

-



     सफल आवाज    
     असाेज १० गते २०७७ मा प्रकाशित



पाल्पा, १० असाेज । रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराेले घर पुरिँदा बेपत्ता भएका ५ जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव गएराति भेटिएको हाे ।

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको थियाे ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीाको सक्रियतामा खोजीकार्य भएपछि शव भेटिएको हो ।

झोक्दी र बेलौजा बीचको जङ्गलमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमा पहिरो खस्दा आवतजावतमा समस्या भएको थियो ।