सुनको मूल्य ६ सयले घट्यो

-



     सफल आवाज    
     असाेज ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ असोज । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला १ हजार १५० रहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी तोलाकाे १ हजार १६० रुपैयाँ थियो ।