ओली र प्रचण्डबीचको छलफल निष्कर्षमा पुगेन

-



     सफल आवाज    
     असाेज ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ असोज .प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच आज छलफल भएको छ । तर दुई अध्यक्षबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेको बताईएको छ ।

छलफल प्रधानमन्त्री निवास वालुवाटारमा भएको थियो । छलफल मन्त्रिपरिषद् पुनर्गठनका विषयमा भएपनि अन्य विवरणहरु बाहिर आएका छैनन ।

सोमबार मन्त्रिपरिषद्को बैठक थियो । सो बैठक आजका लागि बोलाईएको थियो । बैठक बस्नु अघि पार्टीका दुई अध्यक्षबीच छलफल भएको हो । नेकपाको सचिवालय बैठकले केहि दिन अगाडी मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गरेको थियो ।