
काठमाडौं, १२ असोज । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्ताहरुलाई दिने प्रतिफल घटाएको छ । हरेक वर्ष उच्च प्रतिफल दिदै आएको युनिलिभरले गत आर्थिक वर्षको मूनाफाबाट प्रतिकित्ता सय रुपैयाँ दिने भएको छ ।
यस कम्पनीको प्रतिकित्ता १९ हजार रुपैयाँ भन्दा बढी शेयर मूल्य रहेको छ । यो नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरु मध्ये सबैभन्दा बढी मूल्य भएको कम्पनी हो । युनिलिभरकी कम्पनी सचिव एलिना आचार्यका अनुसार प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय कम्पनीले गरेको छ ।
यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ७७० रुपैयाँ नगद दिएको थियो । सभा प्रयोजनको लागि कम्पनीले कार्तिक २७ गते बुक क्लोज गर्ने घोषणा गरेको छ ।
यसर्थ कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् । यस्तै, कम्पनीले सभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने पनि जनाएको छ ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



