खोटाङ जिल्ला कोरोना मुक्त

-



     सफल आवाज    
     असाेज १२ गते २०७७ मा प्रकाशित



खोटाङ, १२ असोज । खाेटाङ जिल्ला तत्कालका लागि काेराेना संक्रमणबाट मुक्त भएकाे छ । स्वास्थ्य उपचार गराइरहेका सङ्क्रमितहरू निकाे भएर घर फर्किएपछि खोटाङ कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिएका छन ।

विभिन्न समयमा स्थानिय तहहरूमा काेराेना भाइरसबाट संक्रमण भएका २१ जना सङ्क्रमितले उपचार गराइरहेका थिए । खाेटाङमा हालसम्म एक हजार ५७५ जनाको पिसीआर परीक्षण गरिएकाे बताइएकाे छ । उनिहरूमध्ये २१ जनामा संक्रमण पोजिटिभ देखिएको थियो ।