
कञ्चनपुर, १२ असोज । नेपाल प्रहरीले लालझाडी गाउँपालिका–४ देखतभुली पर्सियाबाट ६० घनफिट अवैध काठ बरामद गरेकाे बताएकाे छ । देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाकाे काठ मिलबाट अवैधरूपमा लुकाएर राखेकाे उक्त काठ बरामद गरिएकाे हाे ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले पाएकाे गोप्य सूचनाकाे आधारमा मिलमा छापा मारेर अवैध काठ आइतबार बेलुका बरामद गरेको बताइएकाे छ । सालका गोलिया, तयारी झ्याल र ढोकाका चौखट, ढोकासहित २३५ थान अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । प्रहरीले मिल मालिक रानालाई कारबाहिका लागि डिभिजन वन कार्यालय कञ्चनपुर पठाएकाे छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



