आज सुनचाँदीको मूल्य स्थिर

-



     सफल आवाज    
     असाेज १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ असोज । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएको थियो । आज पनि सोहि मूल्यमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी पनि आइतबारकै मूल्य प्रतितोला १ हजार १५० रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।