
बैतडी, १२ असाेज । २०४० सालमा स्थापना भएकाे कारागार कार्यालय बैतडीमा दोब्बरभन्दा बढी कैदीबन्दी भएकाेले उनिहरूकाे व्यवस्थापनमा चुनौती देखिएकाे छ । पच्चीस जनाको क्षमता रहेकाेमा अहिले ३१ कैदी र २७ थुनुवा गरी ५८ जना रहेका छन् । जेलर अनिल तिवारीले क्षमता दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको बताएका छन ।
देशका विभिन्न कारागारमा रहेका कैदीहरू काेराेना संक्रमणको जाेखिममा रहेका छन । याे बेला बैतडी कारागारमा पनि क्षमताभन्दा बढी कैदीबन्दी भएकाेले सङ्क्रमणको जोखिम भएकाे जेलर तिवारीले बताए । तिवारीले कारागारका १० कैदी, थुनुवा र १० कर्मचारीकाे पिसीआर परीक्षण नतिजा भने नेगेटिभ आएको जानकारी दिएका छन ।
कोरोनाको सङ्क्रमण हुन नदिन स्वास्थ्य सुरक्षााका मापदण्ड अपनाइएकाे छ । तर नयाँ थुनुवा र कैदी राख्नका लागि अलग स्थान नभएकाेले जोखिम कायमै रहेकाे छ । ३७ वर्ष पुरानाे बैतडी कारागार कार्यालय जीर्ण बनेकाे छ। उक्त कारागार यतिबेला पुर्ननिर्माणको पर्खाइमा रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



