
काठमाठौं, १२ असोज । काठमाडौं उपत्यकामा असोज १५ देखि मङ्सिर ७ सम्म सहुलियत मूल्य पसल सञ्चालन हुने भएका छन । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले दशैँंलाई लक्षित गरेर सोज १५ देखि मङ्सिर ७ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएका हुन।
खाद्य कम्पनीले पाँचवटा बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने बताएको छ । थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा राखिएका बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन उपत्यका बाहिरका जिल्लामा आवश्यक्ताको आधारमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन ।
पसल सञ्चालनका बारेमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको थियो । छलफलमा दुई कम्पनीलाई उपत्यकाका पाँच/पाँच ठाउँमा अनुमति प्रदान गरिएको छ । दुबै कम्पनीले एक अर्काका सामानहरु पनि बिक्री वितरण गर्ने भएका छन । यस्तै, साल्ट ट्रेडिङका ललितपुर, सङ्लुगल, कोटेश्वर, भक्तपुर र बनेपामा भएका बिक्री काउन्टरबाट सहुलियत मूल्य पसल सञ्चालन गरिने कर्पोरेशनले जनाएको छ ।
कम्पनीका अनुसार दशैंँलाई लक्षित गरेर तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा ल्याईने भएकाे छ । दाङ, मकवानपुर जिल्लाबाट एक हजार खसी र बाेका तथा मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने निर्णय भएको छ । शुरुमा दुई हजार खसीबोका तथा च्याङ्ग्रा ल्याइने भएको छ । माग बढ्यो भने पछिकाे मागलाई पनि थेग्नेगरी तयारी गरिएको छ । कम्पनीले थापाथली काउन्टरबाट घटस्थापनाको दुई दिन पहिलेदेखि खसीबोका बिक्री गरिने तगारी गरेकाे जानकारी दिएकाे छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



