
काठमाडौं, १३ असाेज । गुराँस लाइफ इन्स्योरेन्सकाे शेयर आजबाट खुला भएको छ । कम्पनीले लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको करिब ६ लाख कित्ता अवितरित हकप्रद शेयर खरिदका लागि आज ९असोज देखि आवेदन दिन सकिनेछ।
कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो। बिक्री गरिने शेयरमध्ये ३ लाख ३७ हजार ५६५ कित्ता संस्थापक समूहको शेयर रहेको छ भने २ लाख ५२ हजार ४४९ कित्ता शेयर सर्वसाधारण समूहको रहेको छ।
सो शेयर खरिदका लागि असोज १३ गतेदेखि १९ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोकेको प्रति व्यक्ति सीमाको अधिमा रहने गरी सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



