नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरमा जाङबु शेर्पा निर्वाचित

-



     सफल आवाज    
     असाेज १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ असोज । नेपाल चीन उद्योग वाणिज्य संघ अन्तरर्गत सिन्धुपाल्चोक च्याप्टरमा जाङबु शेर्पाको अध्यक्षतामा २३ सदस्यित नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीनबीच सुमधुर सम्बन्ध विस्तार, आर्थिक तथा व्यापारिक क्रियाकलापमा संघले काम गर्दै आएको बताए । कोभिड १९ काे कारण बन्द नाकालाई पूर्ण रुपमा सञ्चालन गर्न सरकारी निकाय, दुबै देशका राजदुतावास, चीनीया संघसंस्था, सीसीपिआइटी र तिव्वत सरकारलाई आग्रह गरिरहेको बताए । त्यस अवसरमा उनले नव निर्वाचित कार्यसमिति तथा पदाधिकारीहरुलाई सफल कार्यकालका लागि बढाई दिएका थिए ।

कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरका अध्यक्ष जाङबु शेर्पाले दुई देशवीच आर्थिक व्यापारिक क्रियाकलाप विस्तार, सम्वन्ध सुमधुर बनाउन र व्यापारी वर्गको हितका लागि सदैव लागिरहने बताएका थिए।

सिन्धुपाल्चोक च्याप्टरमा अमृत कुमार खड्काको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ । उक्त च्याप्टरले विगत देखि विशेष गरी तातोपानी क्षेत्रमा रहेका व्यापारी वर्गको हक,हित तथा दुई देशवीच हुने व्यापारलाई सहज बनाउने काम गर्दै आइरहेको महासचिव विवेक पौडेलले जानकारी दिएका छन ।