ढिस्कोले पुरिँदा मृत्यु

-



     सफल आवाज    
     असाेज १३ गते २०७७ मा प्रकाशित



पोखरा, १३ असोज । स्याङ्जाको वालिङमा गिट्टी निकाल्ने क्रममा ढिस्कोले पुरिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११, पेखुका ३९ वर्षीय दुर्गाबहादुर थापा हुन् ।

मंगलबार दुर्गाबहादुरसहित स्थानीय ३५ वर्षीया मुना थापा, ३१ वर्षीया नारायणी सिंजाली वडा ११ स्थित पनिरगैह्रामा गिट्टी निकाल्न गएकोमा ढिस्कोले पुरिँदा तिनै जना घाइते भएका थिए ।

घाइतेको प्राथमिक उपचारार्थ स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा उपचारक्रममा दुर्गाबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घाइतेमध्ये मुना र नारायणी उपचारपछि डिस्चार्ज भैसकेका छन् ।

घटनाको प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।