सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित



काठमाडाै, १४ असाेज । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला ९ सयले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५ सयले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय तोकेको छ ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय थियो ।

चाँदीको मूल्यमा पनि प्रतितोला १५ ले वृद्धि भई १ हजार १ सय ९० पुगेको छ ।