बीपी प्रतिष्ठानमा सप्तरीका एक जना कोरोना सङ्क्रमितको मृत्यु

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित



सप्तरी, १४ असोज । सप्तरीका एक जना कोरोना सङ्क्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ । मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार को क्रममा आज मृत्यु भएको उनका भाइ पिन्टुकुमार यादवले जानकारी र्दिए ।

उपचारका क्रममा परीक्षण गर्दा यही असोज ८ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष यादवले जानकारी दिए ।

नेपाली सेनाले अहिले उनको शव व्यवस्थापन गर्ने तयारी गरिरहेको उनले बताए ।