साझा पार्टी पोखराको वडास्तरमा

-



     सफल आवाज    
     असाेज १५ गते २०७७ मा प्रकाशित



पोखरा, १५ असोज । ‘अब वडा–वडामा साझा पार्टी’ भन्ने अभियानलाई साझा पार्टीले पोखरामा सुरु गरेको छ ।

यसैक्रममा रामबहादुर थापाको संयोजकत्वमा पोखरा महानगर वडा १४ समिति गठन गरिएको छ।

पार्टीको एक भेलाले छिनेडाँडास्थित माछापुच्छ«े सामुदायिक भवनमा आयोजित कार्यक्रममा घोषणा गरिएको ५ सदस्यीय समितिको संयोजकमा युवा व्यवसायी रामबहादुर थापा सहित सदस्यहरुमा रुपा तामाङ्ग विष्ट, सुवास परियार, सुमन केसी र अमृतप्रसाद दाहाल रहेका छन् । नवघोषित संयोजक थापाले साझा पार्टीको कल्याणकारी लोकतत्रको विचारलाई भुईँ तहसम्म लैजाने प्रण गरे ।

नवघोषित संयोजक लगायत सदस्यहरुलाई साझा पार्टी पोखरा महानगर संयोजक मनकाजी गुरुङले माटोको टीका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा साझा पार्टीका केन्द्रीय सदस्य रजनी केसी, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनाल, साझा युवा संगठनका महासचिव सरोज गौतम लगायतका नेताहरुले नयाँ समितिलाई शुभकामना दिए ।

विश्व स्वास्थ संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य प्रोटोकल कायम गरी आयोजित सो कार्यक्रमलाई साझा पार्टीका कास्की सचिव श्रीकृष्ण न्यौपानेले सहजीकरण गरेका थिए ।