
काठमाडौं, १५ असोज । नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरीक उडान दैनिक ६१ वटा हुने तालिका सार्वजनिक गरेको बताएको छ । यात्रुको चापलाई मध्येनजर गर्दै विभिन्न एयरलाईन्सले माग गरेअनुसार प्राधिकरणले उक्त उडान तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणले सार्वजनिक गरेको उडान तालिकामा जनाईएअनुसार धेरै उडान बुद्ध एयरका रहेका छन । बुद्ध एयरले दैनिक २५ वटा उडान मागेकोमा प्राधिकरणले २९ वटा उडान गर्नका लागि अनुमति दिएको बताईएको छ । यतीले १५ उडान माग गरेको थियो भने १५ वटै उडान गर्न पाउने भएको छ । श्री एयरले यसअघि ६ वटा उडान गर्दै आएकोमा दैनिक १२ वटा उडान गर्न पाउने भएको छ ।
यस्तै, सिम्रिकले दैनिक २, ताराले काठमाडौं लुक्लाका लागि ३ वटा पाएको छ । फाफ्लुका लागि भने हप्तामा ३ वटा उडान गर्न पाउने भएको छ । समिट एयरले लुक्लाको लागि दैनिक २ र मुस्ताङ जोमसोमका लागि हप्तामा ५ वटा उडान गर्ने अनुमति पाएको छ । यस्तै, सिता एयरले काठमाडौं ताप्लेजुङका लागि २ र लुक्लाको लागि एउटा उडान गर्न पाउने पाएको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले एयरलाईन्सहरुले यात्रुको चापलाई मध्येनजर गरेर उडान संख्या थप्न माग गरेपछि उनिहरुको माग अनुसार उडान तालिका सार्वजनिक गरेको हो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



