सुनको मूल्य प्रतितोला २ सयले घट्यो

-



     सफल आवाज    
     असाेज १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ असोज । आज सुनको मूल्य  घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।