गण्डकी विश्वविद्यालय उपकुलपतिमा प्राडा देवकोटा नियुक्त

-



     सफल आवाज    
     असाेज १५ गते २०७७ मा प्रकाशित



पोखरा, १५ असोज । गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा नवराज देवकोटा नियुक्त भएका छन् ।

उपकुलपति प्राडा देवकोटालाई विश्वविद्यालयका संरक्षक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ गराउने कार्यक्रम छ ।

सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित कमिटीले २ जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटाले नियुक्ति पाएका हुन् ।

उनी रामपुरस्थित कृषि तथा वन विश्वविद्यालय कार्यरत छन् । उनको पदावधि ५ वर्षको हुने व्यवस्था छ ।