कोइराला अन्तत: राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्ने पक्का

-



     सफल आवाज    
     असाेज १५ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १५ असाेज । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी डा. उपेन्द्र कोइराला अन्तत: राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्ने भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकको अध्यक्षता गरेका सञ्चालक धनीराम शर्मा समक्ष कोइरालाले सपथ लिएका हुन् । योसँगै उनी अध्यक्ष बन्ने अब लगभग पक्का भएको छ । उनलाई एक महिना अघि नै सरकारले बैंकको सञ्चालक नियुक्त गर्ने निर्णय गरेपनि चर्को आलोचना भए पछि कार्यान्वयन हुन सकेको थिएन ।