घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको भने यथावत

-



     सफल आवाज    
     असाेज १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ असोज । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाइएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट बिहीबार १ अक्टोबरमा प्राप्त खरिद मूल्यअनुसार निगमको बैठकले राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । नयाँ मूल्यअनुसार डिजेल, मट्टितेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको छ ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । इन्डियन कर्पोरेसनबाट पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्यमा केही बढेर आए पनि निगमले हाललाई यथावत् राखेको प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्तिमार्फत जनाएका छन् ।