
काठमाडौँ, १६ असोज । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११ र १२ गते काठमाडौँमा हुने पक्का भएको । यसअघि कोभिड १९ को कारण तीन पटकसम्म हुन नसकेको साधारणसभा मंसिरमा गर्नका लागि महासंघले नेपाल सरकारबाट अनुमति लिएको बताएकाे छ ।
महासंघको बिहिबार बैठक बसेकाे थियाे । बैठकले ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति मंसिर ११ र १२ गते काठमाडौंँमा गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका थिए । उनका अनुसार महासंघको साधारणसभा तथा निर्वाचनका लागि सुझाव दिन एउटा कार्यदल बनाइएको थियो । ६ सदस्यीय कार्यदलले साधारणसभा श्रव्य दृश्यबाट र निर्वाचन काठमाडौमा गर्न सिफारिस गरेपछि निर्वाचनको मिति टुंगो लगाईएको हो । कार्यदलको सिफारिस अनुसार पदाधिकारीको बैठकले सरकारसंग अनुमति लिएर साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभा तथा निर्वाचनका लागि सरकारले लागु गरेका स्वास्थ्यसम्वन्धी सबै मापदण्डहरुलाई अपनाउने महासंघले जनाएको छ । सरकारसंग अनुमति लिंदा कोभिड १९ को कारण कुनै स्थानीय तहले लकडाउन वा निषेधाज्ञा लागु गरेको खण्डमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुको लागि आउने जाने व्यवस्थाका लागि अनुमति दिईएको छ ।
यसअघि महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन चैत्र २८ र २९ गते तोकिए पनि कोभिड १९ को कारण सरकारले लकडाउन लागु गरेपछि रोकिएको थियो । त्यसपछि जेष्ठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तोकिए पनि लकडाउन र निषेधाज्ञाको कारण हुन सकेको थिएन ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



