सुनको मूल्य प्रतितोला २ सयले बढ्यो

-



     सफल आवाज    
     असाेज १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ असोज । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ३ सयमा कारोबार भएको आइतबार तोलामा २ सयले बढेको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रहेको महासंघले जनाएको छ ।