२२५३ जनामा कोरोना पुष्टि, ७ को मृत्यु

-



     सफल आवाज    
     असाेज १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ असोज । नेपालमा गएको २४ घण्टामा २ हजार २ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर योसहित कुल सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको जनाए । सो अवधिमा १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ ।

गएको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । तीमध्ये ४ महिला र ३ पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी ५ दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र कंचनपुरकी २९ वर्षीया महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।