
सिफारिस समितिले पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई नामावली बुझाउँदै ।
पोखरा, १८ असोज । पोखरा महानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठनका लागि ११ जनाको नाम सिफारिस भएको छ ।
सिफारिस समितिले आइतबार पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मिलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्यायको नाम सिफारिस गरेको हो ।
पोखरा–७ का वडाध्यक्ष रामचन्द्र बरालको संयोजकत्वमा गठित सिफारिस समिति सदस्यमा विज्ञसदस्य मनकुमार श्रेष्ठ र महानगरका सूचना अधिकारी भरतराज पौडेल सदस्य थिए ।
प्रतिष्ठानका संरक्षक रहेका मेयर मानबहादुर जिसीले कुलपति, उपकुलपति र परिषद् सदस्य एवं सदस्य चयन गर्नेछन् । तीमध्ये २ परिषद् सदस्य र ४ सभा सदस्य रहने व्यवस्था छ । सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्येबाट २ जना महिलासहित प्रमुखले तोकेको ८ जना सदस्य रहने व्यवस्था ऐनमा छ । प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहने व्यवस्था छ ।
सिफारिसमध्ये कुलपतिमा पदमराज र उपकुलपतिमा मेनकाजी चयन हुने सम्भावना प्रवल छ । सिफारिस गरिएकाहरु विभिन्न विधामा कुनै न कुनै योगदान दिएका व्यक्ति हुन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



