
काठमाडौं, १९ असोज । काेराेना संक्रमणकाे कारण राेकिएकाे श्रम स्वीकृति आजबाट शुरू हुँदैछ । वैदेशिक रोजगार कार्यालय काठमाडौंले वैदेशिक रोजगार सम्बन्धी सिमित सेवाहरु दिन लागेको बताएको छ । कार्यालयका कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको कारण असोज १४ गतेबाट रोकिएको सेवा शुरु गर्न लागिएको हो ।
कार्यालयले आईतबार एउटा सूचना प्रकाशित गरी कोभिड १९ को कारण असोज १४ गतेदेखि सेवा प्रवाह रोकिएकोमा भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तब्य मुलुकमा पुग्न नसके रोजगारी गुम्ने जोखिम भएकाहरुको लागि सेवा शुरु गर्न लागेको जनाएकाे छ ।

सेवाग्राहीहरुको समस्यालाई मध्येनजर गरेर सावधानिपूर्वक सिमित सेवा संचालन गर्न लागिएको हो । सेवाग्राहीले सामाजिक दूरीलाई कायम गर्नुपर्ने तथा स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न हुन कार्यालयले अनुरोध गरेको छ ।
सेवाग्राहीको सजिलोको लागि कार्यालय परिसरमा गोलो चिन्हहरु बनाईएको छ । उक्त गोलो चिन्हमा रहेर मात्र सेवा लिन र साबुनपानीले राम्ररी हात धुन अनिवार्य गरिएको जारी सूचनामा उल्लेख छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



