जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि, २ लाख ७३ हजारले १०/१० कित्ता पाउने

-



     सफल आवाज    
     असाेज १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ असोज । जनरल इन्स्योरेन्सको आईपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड हुने जनाएको हो।

कम्पनीको आईपीओ करिब ८ गुणा बढी आवेदन परेको छ। शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् भने बाँकि आवेदकको हात खालि हुनेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले मंगलबार बिहान १०ः३० बाँडफाँड हुने जनाएको छ। आइताबार साँझ प्रिअलटमेन्टको सम्पूर्ण काम सकिसकेको छ।