सेती खोला आयोजनामा जुट्यो लगानी, कुमारी बैंकले मात्रै २ अर्ब लगानी गर्ने

-



     सफल आवाज    
     असाेज १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ असोज । कास्कीस्थित सेती खोलामा निर्माण हुन लागेको २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सकिएको छ । सेती खोला हाइड्रोपावर प्रोजेक्टद्वारा प्रवर्द्धित आयोजनाको वित्तीय व्यवस्थापनपत्रमा हस्ताक्षर भएको हो । आयोजनामा कुमारी बैंकले २ अर्ब र निफ्रा बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भएको छ ।

आयोजनाका लागि आवश्यक बाँकी लगानी प्रवर्द्धक कम्पनीले गर्नेछ । कुमारी बैंकका तर्फबाट कर्जा प्रमुख भूषण तण्डुकार र निफ्रा बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर सूर्य तामाङ एवं प्रवर्द्धक कम्पनीका अध्यक्ष अनुप आचार्यले वित्तीय व्यवस्थापनपत्रमा हस्ताक्षर गरे । निर्माण सुरु भएको तीन वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको प्रवर्द्धक कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।