सुनको मूल्य प्रतितोला ४ सयले घट्यो

-



     सफल आवाज    
     असाेज १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ असोज । सोमबार सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको सोमबार तोलामा ४ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रहेको महासंघले जनाएको छ ।