कांग्रेसको विरोधपछि प्रदेश–५ को प्रदेश सभा अवरुद्ध

-



     सफल आवाज    
     असाेज १९ गते २०७७ मा प्रकाशित



बुटवल, १९ असोज । प्रदेश राजधानी दाङको भालुवाङ तोकिएको भन्दै प्रदेश ५ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभा अवरुद्ध गरेको छ । दाङ राधानी बनाउने प्रस्ताव फिर्ता लिन माग गर्दै कांग्रेसले संसद अवरुद्ध पारेको हो ।
सांसदहरुले रोस्टम घेरेर नारावाजी गरेका थिए । नारा लगाएको केहिबेर पछि सभामुखले २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।