
काठमाडाै, १९ असाेज । स्वरोजगार अनलाइन मिडियाको व्यावसायिक हकहितका लागि क्रियाशील हुने उद्देश्यले अनलाइन पत्रकार सञ्जाल नेपाल (ओजोन) को गठन गरिएको छ । आजभोलि डट कमका प्रकाशक सम्पादक लोकराज अवस्थीका संयोजकत्वमा १३ सदस्यीय संयोजन समिति गठन गरिएको हो ।
सदस्यमा शिवराज योगी, पदमराज जोशी, शिवराज खड्का, माधवप्रसाद घिमिरे, निरोज तोलाङे, हरिबहादुर परियार, सरिता तिमल्सिना पँगेनी, विष्णुप्रसाद बेल्वासे, गोपाल बराइली, मीन बम, कमला हमाल र श्रवणप्रसाद शाह छन् ।
अनलाइन सञ्चार संस्था सञ्चालन तथा कार्यरत सञ्चारकर्मीलाई एकीकृत तथा सङ्गठित गर्दै समग्र अनलाइन पत्रकारिता हकहितका लागि सञ्जालको गठन गरिएको संयोजक अवस्थीले बताए ।
अनलाइन पत्रकारिताको व्यावसायिक गुणस्तर र क्षमता अभिवृद्धिका लागि पहल गर्ने सञ्जालको उद्देश्य छ । सञ्जालले देशभर अनलाइन पत्रकारिताको व्यावसायिक गुणस्तर र क्षमता अभिवृद्धिका लागि पहल गर्ने, सूचना प्रविधिका क्षेत्रमा आएका नवीनतम प्रविधिको प्रयोगमा पत्रकारलाई अभ्यस्त गराउन पहल गर्ने, अनलाइन पत्रपत्रिका दर्ता, नवीकरण तथा आबद्धता गराउने काममा सरकारी तहमा हुने अनावश्यक कानूनी झमेला, झन्झट र विलम्बमा सहजीकरण गर्न पहल गर्ने तथा अनलाइन सञ्चारमाध्यमका लागि न्यायोचितरुपमा विज्ञापन वितरणका लागि पहल र दबाब सिर्जना गर्ने जनाइएकाे छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



