
बुटवल, १९ असोज । प्रदेश नं ५ को राजधानी र नाममा असहमति जनाउँदै विरोध गरिरहेका प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदले आज प्रदेश सभा बैठक चल्दै गर्दा कुर्सी टेबुल तोडफोड गरेका छन । उनिहरुले माईक जडित टेबुलमा कुर्सी बजार्दा माईक पनि भाँचिएका छन ।
पहिलो चरणमा बसेको बैठक कांग्रेस सांसदहरुको विरोधको कारण दिउँसो २ वजेसम्म स्थगन भएकाे थियो । दोस्रो चरणमा बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई प्रदेश नं ५ को नाम र राजधानी बारेको प्रस्ताव छलफलका लागि पेस गर्न समय दिएपछि कांग्रेसका सांसादहरूले नाराबाजी गर्न शुरू गरे । उनिहरुले मन्त्री केसीलाई रोष्टमसम्म जान अवरोध गरेका थिए । अवरोधकैबीच मन्त्री केसी उनिहरुबाट छल्लिएर रोष्टममा गए । उनले त्यसपछि प्रदेश ५ को नाम लुम्बिनी र प्रदेशको राजधानी दाङ बनाउने प्रस्तावलाई छलफलका लागि प्रस्तुत गरेका थिए ।
कुर्सी ताेडफोडमा कांग्रेस सांसद वसिउद्दिन खा, अष्टभुजा पाठक र वैजनाथ कलवार देखिएका थिए । नेपाली कांग्रेसले प्रदेशको राजधानी बुटवलमा हुनुपर्ने माग गरिरहेको छ भने प्रदेशसभाबाट दाङमा स्थायी राजधानी बनाउने प्रस्तावलाई फिर्ता लिन माग गरेको छ । बैठक मंगलबार पुनः बस्नेछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



