नेप्से परिसूचक ४.१७ अंकले बढ्यो,२ अर्ब ४२ करोड बढीको कारोबार

-



     सफल आवाज    
     असाेज २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० असोज । साताको तेस्रो दिन नेप्से ४.१७ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ४.१७ अंकले बढेर १ हजार ५८६ दशमलव २९ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज २ अर्ब ४२ करोड ४५ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ६ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।