काठमाडौं, २० असोज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लाभांश वितरणमा नयाँ शर्तहरु तोकिदिएको छ । मंगलबार नयाँ कार्यविधि जारी गर्दै राष्ट्र बैंकले दर्जन बढी शर्तहरु तोकेको हो ।
नयाँ शर्त अनुसार केन्द्रीय बैंकले वार्षिक हिसाव सार्वजानिक गर्ने तथा स्वीकृति प्रदान गर्दा अपनाइने प्रकृयामा एकरुपता ल्याउन इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमतिप्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धि कार्यविधि २०७७ लागु गरेको हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उप–दफा १० अनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा तथा वितरण गर्न केन्द्रिय बैंकको स्वीकृति लिनुपर्ने तथा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको निर्देशन नं। ४ अनुसार वार्षिक साधारण सभामा पेश गर्ने वार्षिक हिसाब सार्वजनिक गर्न सहमति लिनुपर्ने व्यवस्था रहेको छ।
वित्तीय प्रणालीमा जोखिमको मात्रा बढ्दै गई भविष्यमा बैंक तथा वित्तीय संस्थाहरुले नोक्सानी व्यहोर्नुपर्ने संभावना रहने, कतिपय बैंक तथा वित्तीय संस्थाहरुको जोखिम मूल्याङ्कन एवम् जोखिम न्यूनीकरण, आन्तरिक नियन्त्रण प्रणाली एवम् संस्थागत सुशासनको अवस्था सुदृढ भई नसकेको, तरलताको स्थिति सहज हुँदा पनि पुँजीकोष पर्याप्त नरहेको कारणले कर्जा प्रवाह गर्ने क्षमता समेत प्रभावित हुने तथा कतिपय अवस्थामा कर्जा निरन्तर नवीकरण गरी कर्जा वर्गीकरण समेत प्रभावित हुन सक्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरुको पुँजीलाई थप सवल गराई, संस्थालाई बढी सुदृढ गराउने गरी लाभांश स्वीकृत गर्ने प्रयोजनको लागि केन्द्रिय बैंकले नयाँ व्यस्था गरेको हो ।









पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



